चितवन विशेष

बेटर चितवनको ‘युथवन–२०७६’ साउन २५ देखि

Banner

चितवन, साउन २३-

अन्तर्राष्ट्रिय युवा दिवस–२०७६ को अवसरमा बेटर चितवनको आयोजनामा तीन दिने युवा लक्षित कार्यक्रम ‘युथवन २०७६’ हुने भएको छ ।
केबीए ग्लोबल नारायणगढको सहयोगमा जिल्ला समन्वय समितिको सहकार्यमा यही साउन २५, २६ र २७ गते विविध कार्यक्रम हुन लागेको कार्याक्रम संयोजक सुवास सापकोटाले जानकारी दिए ।

पहिलो दिन २५ गते (शनिबार)को दिन ‘शिक्षामा रूपान्तरण: उद्यमशिलता र नवप्रवर्तन’ भन्ने विषयमा खुला कविता प्रतियोगिताका साथै शब्द र संगीत समूहले संगीतसँगै कविता वाचन गर्ने कार्यक्रम रहेको उनले बताए । त्यससँगै युवाहरुलाई उधमी बन्न प्रेरित गर्नका लागि उत्प्रेरणा कार्यक्रम हुने बताइएको छ । सोही दिन विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिएको छ ।

दोस्रो दिन चितवनका विभिन्न सामजिक सेवामा सक्रिय युवा संस्थाहरु बीचमा महिला र पुरुष गरी दुई विधामा मैत्रीपूर्ण फुटसलको आयोजना गरिएको संयोजक सापकोटाले बताए ।

कार्यक्रमको अन्तिम दिन अर्थात् २७ गते सोमबार विभिन्न विधामा पुरस्कृत युवालाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको उनले बताए । कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने जानकारी दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>