चितवन विशेष
भरतपुरमा भएको कार्यक्रममा १४९ ले गरे रक्तदान

चितवन, साउन २३-
भरतपुरमा आज बिहीबार खुला रक्तदान भएको छ ।
कार्यक्रममा १३९ जनाले रक्तदान गरेका छन् । जसमध्ये ४४ जना महिला र ९५ जना पुरुष रहेका छन् । रोटरी क्लब अफ नारायणगढ, रोट्¥याक्ट क्लब अफ नारायणगढ, भाटभटेनी सुपरमार्केट, स्टायन्डर्ड चार्टड बँैक र नेपाल रेडक्रस सोसाइटी चितवनको संयुक्त आयोजनामा रतmदान कार्यक्रम गरिएको रोट¥याक्ट क्लब अफ नारायणगढका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।
कार्यक्रममा ८४ औँ पटक रक्तदान गरेकी भण्डाराकी अनिता मैनालीलाई विशेष सम्मान गरिएको उनले बताए । कार्यक्रममा रोटरी र रोट्¥याक्ट क्लब नारायणगढ, स्ट्यान्डर्ड चाटर्ड बँैकका कर्मचारी, भाटभटिनी सुपरमार्केट नारायणगढका शाखा प्रमुख सुनिल शाक्यलगायत अन्य कर्मचारीहरुले पनि रक्तदान गरेका थिए ।
रोटरी क्लब तथा रोट्¥याक्ट क्लबले सामजिक काममा विगतदेखि नै ठूलो योगदान दिँदै आइरहेको अध्यक्ष थापाले बताए । रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सुसान्त प्रधान, रोट¥्याक्ट क्लब अफ नारायणगढका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

























