वागमती
बालुवाटारमा सुबिसु केवल नेटवर्क कार्यालयमा आगलागी
०

काठमाडौँ साउन २२-
बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसु प्रालिमा आगो लागेको छ। वुधबार मध्यान्ह बालुवाटारमा कालो मुस्लो देखिएको थियो।बालुवाटार चोक नजिकै रहेको सुबिसुको स्टोरमा आगो लागेको जानकारी आएको छ, महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले भने, सुरक्षाकर्मीहरु घटनास्थल पुगिसकेका छन्।
स्टोरसँगै पेट्रोलियम भण्डारण गर्ने ट्याङ्क रहेकाले ठूलो क्षति भएको हुनसक्ने बताइएको छ। सुबिसुले इन्टरनेट तथा केबुल टेलिभिजन सेवा प्रदान गर्दै आएको छ। सुबिसुका सञ्चालक सुधीर पराजुलीले आगो लागेको जानकारी पाएपछि आफू त्यतै जान लागेको बताए। थप विवरणका प्राप्त हुन बाँकी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>