कर्पोरेट
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

चितवन, साउन २१-
सांग्रिला डेभलपमेन्ट बैँक लिमिटेडले धरानको वडा नं. १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग गरेको छ ।
उक्त आर्थिक सहयोगले सिंहदेवी मन्दिरदेखि दुई धारे पथ हुँदै विजयपुर चोकसम्मको पैदल रेलिङ मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै बुढासुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्ने बैँकले जनाएको छ ।
बैँकले एक लाख एघार हजार रुपैयाँको चेक बैंकको तर्फबाट धरान शाखाका शाखा प्रबन्धक विप्लवराज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्त्तरण गरेका छन् । यसरी बैँकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८६ शाखा कार्यालयबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आइरहेको बैँकले विज्ञप्तिमा जनाएको छ ।