चितवन विशेष
चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले माग्यो ६६ जना उपप्राध्यापक

चितवन, साउन २१-
चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयले खुला प्रतियोगिताबाट ६६ जना उपप्राध्यापक माग गरेको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना निकालेर कृषि र वनविज्ञान संकायअन्तर्गत आंगिक कलेजका लागि विभिन्न विषयमा उपप्राध्यापक पदमा स्थायी पदपूर्तिका लागि आवेदन खुला गरेको हो । आवेदन दिने म्याद मंगलबारदेखि भदौ २३ गतेसम्म तोकिएको छ । ५०० रुपैयाँ शुल्क बुझाएर सेवा आयोगको कार्यालय रामपुर चितवनबाट आवेदन फारम लिन सक्ने आयोगको परीक्षा समितिले जनाएको छ।
बाली प्रजनन् विषयका लागि चार जना उपप्राध्यापक माग गरिएको छ । दुई जना खुला र एक जना मधेसी, एक जना आदिवासी र जनजाति गरी समावेशी छुट्टाइएको छ । बाली विज्ञान विषयका लागि १० जनाको आवेदन माग गरिएको छ ।
६ जना खुला र अरू समावेशी कोटा छ । पशु विज्ञानमा ७ जना माग गरिएकोमा चार जना खुलाबाट छन् भने बाँकी समावेशी कोटाका छन् ।
एएफयूले निकालेको विज्ञापनमा फरेष्ट्रीमा पाँच जना माग गरिएको हो । वाइल्ड लाइफ, सिल्भिकल्चर, वाटरसेड मेनेजमेन्ट विषयका लागि एकरएक जनाको आवेदन माग गरिएको हो ।
कृषि प्रसारमा ३, किट विज्ञान विषयका लागि २ जना, बालीरोग विज्ञानका लागि २ जना, इकोलोजीका लागि एक जना, कृषि अर्थशास्त्र र माटो विज्ञानका लागि आठरआठ जना माग गरिएको छ । बागबानीमा ११ जना माग गरिएको छ । ६ जना खुला र बाँकी समावेशी कोटा छ । बाली प्रजनन्मा चार जनाको आवेदन खुला गरिएको विश्वविद्यालयले जनाएको छ ।
























