चितवन विशेष
भरतपुरमा खुकुरी प्रहार गरी फरार भएका युवा पक्राउ
०

चितवन,साउन २०-
भरतपुरमा खुकुरी प्रहार गरी फरार भएका एक अभियुक्तलाई चितवन प्रहरीले पक्राउ गरेको छ । गत असार १८ गते राती ११ बजे भरतपुर महानगरपालिका ४ का खगेन्द्र बिष्टलाई खुकुरी प्रहार गरी फरार भएका गैंडाकोट नगरपालिका २ का सरोज घिमिरेलाई पक्राउ गरिएको हो । घटनामा संलग्न चार जना मध्य एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गत असार १८ गते राती ११ बजे भरतपुर ४ निवासी खगेन्द्र बिष्टको घर नजिकै हल्ला गर्दै हिंडेको र त्यसो नगर्न आग्रह गर्दा चार जनाको समुहमा रहेका ब्यक्तीहरुले बिष्टलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । बिष्टलाई खुकुरी प्रहार गर्नेमा पक्राउ परेका घिमिरे बाहेक भरतपुर ११ का सुजन लामा, सोही स्थानका सुर्य लामा र माधव चौधरी रहेका छन् । उनिहरुको खोजीकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>