नवलपरासी

बालिका बलात्कार गर्ने फरार अभियुक्त पक्राउ

Banner

परासी, साउन २०–

११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरी फरार रहेका थप एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी प्रहरीले गुल्मीबाट ती अभियुक्तलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मी जिल्लाको जहाङ्ग खैरेनी गाउँपालिका–६ घर भई हाल सुनवल–४ नवलपरासी बस्ने ५५ वर्षीय शिव श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई पश्चिम नवलपरासी प्रहरीले गुल्मीस्थित आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई जबर्जस्ती करणीअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

यसअघि सोही घटनामा संलग्न सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री पक्राउ परेका थिए । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महिनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>