बजार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ६६ हजार ३ सयमा कारोबार

Banner

चितवन,साउन १९-

सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आज सुनको मूल्य प्रतितोला ६६ हजार ३ सय रुपैयाँ कायम भएको छ। छापावाल सुन प्रतितोला ६६ हजार ३ सय रुपैयाँ हुँदा तेजावी सुन ६६ हजार रुपैयाँमा कारोबार भएको छ। शुक्रबार प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेर ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै शुक्रबार तेजावी सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार ५ सय रुपैयाँ बढेर ६६ हजार रुपैयाँ पुगेको छ। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघका अध्यक्ष रमेश महर्जनले बताए।

यसअघि असार ५ गते सुनको मूल्य तोलामा ६४ हजार रुपैयाँ थियो। २०७५ फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो रेकर्ड तोड्दै सुनले आज ६६ हजार ३ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>