चितवन विशेष

चितवनमा खुल्यो संमृद्धी रियलस्टेट

Banner

चितवन,साउन १८-

चितवनमा समृद्धी रियलस्टेट सञ्चालनमा आएको छ । बिभिन्न क्षेत्रमा विज्ञता हाँसिल गरेका नौं जना ब्यवसायीहरुले रियलस्टेट व्यबसाय सुरु गरेका हुन् । शनिवार भरतपुर महानगरपालिकाकी कार्यबहाक प्रमुख पार्वती शाहले रियल स्टेट कार्यालयको उद्घाटन गरिन् । घरजग्गा खरिदकर्ता र विक्रेतासंग निश्चित रकममात्र सेवा शुल्क लिने र नेपाल सरकारलाई समेत पूर्ण खरिद मुल्यको राजस्व तिर्नेगरी कम्पनी संचालनमा ल्याइएको संस्थापक साम सुर्यनारायण तामाङले जानकारी दिए ।

मध्यस्थकर्तालाई समेत कम्पनीमा दर्ता गरी कमिशनको कर तिर्ने योजनाका साथ ब्यवसाय सुरु गरेको उनले बताए । शुन्य दशमलब ५ देखि ३ दशमलब ५ प्रतिशतसम्म सेवा शुल्क लिनेगरी कार्य प्रारम्भ गरेको उनले जानकारी दिए । १ करोडको अनुमानित लगानीमा सञ्चालनमा आएको कम्पनीले आगामी दिनमा रियलस्टेट ब्यवसाय एजेन्सी मार्फत गर्नसके विश्वासिलो हुन्छ भन्ने उदाहरण पेश गर्ने कम्पनीका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।

उद्घाटन समारोहमा भरतपुर महानगरपालिकाका वडा अध्यक्षहरु अरुणपिडित भण्डारी, पुर्ण बहादुर श्रेष्ठ ,पदमपाणि सुवेदी लगाएतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>