चितवन विशेष

चितवने गायक जीबीको ‘माईतीको देशैमा’ सार्वजनिक (भिडियोसहित)

Banner

चितवन, साउन १४–

नेपाली नारीहरुको महान् चाड हरिताालिका तीज नजिकिदै गर्दा कलाकारहरु गीत निकाल्ने चटारोमा छन् । चितवने गायक गायिकाहरु पनि तीज गीत निकाल्नमा व्यस्त छन् । यसैक्रममा चितवने गायक जीबी सुनारले पनि तीजलाई लक्षित गर्दै नयाँ गीत बजारमा ल्याएका छन् । गायिका अपेक्षा गिरीको साथमा ‘माईतीको देशैमा’ बोलको तीज गीत लिएर जीबी बजारमा आएका हुन् ।

सार्वजनिक गीतमा जीबीकै शब्द र संगीत रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक बनाइएको छ । भिडियोमा अप्सना थापा, सुन्दर डल्लाकोटी र स्वंम जीबीले अभिनय गरेका छन् । महेश महराले छायाँकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोलाई सिवन पोखरेलले निर्देशन गरेका छन् ।

लामो समयदेखी गीत संगीतमा योगदान दिँदै आएका गायक जीबीले निकै उत्कृष्ट गीतहरु बजारमा ल्याएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवनका सचिव समेत रहेका जीबी लोक गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>