चितवन विशेष

अण्डा उत्पादक संघको केन्द्रीय अध्यक्षमा शिवराम केसी निर्वाचित (मतपरिणामसहित)

Banner

चितवन, साउन १२–

नेपाल अण्डा उत्पादक संघको केन्द्रीय अध्यक्षमा शिवराम केसी निर्वाचित भएका छन् । यसअघि दुई पटक अध्यक्ष भईसकेका केसीले रघुनाथ भट्टलाई भारी मतान्तरले पराजित गर्दै तेश्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

आज (आईतबार) बिहान सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार केसीले भट्टलाई २१४ मतले पराजित गरेका हुन् । केसीले ३९७ मत पाउँदा भट्टले १८३ मत मात्र प्राप्त गरेका थिए । निर्वाचनमा कुल ५९० मत खसेकोमा ३ मत बदर भएको थियो । केसी र भट्टले छुट्टाछुट्टै समूह बनाएर निर्वाचनमा होमिएका थिए । ६ सदस्यका लागि १२ जनाको उम्मेदवारी थियो ।

सदस्यहरुमा किरण भुषण ओली (३८८), राजकुमार श्रेष्ठ (३५९), विनोद अधिकारी (३१७), भरत कार्की (३१०), प्रविण केसी (३०७) र ललितबहादुर जिसीले (२६६) मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>