चितवन विशेष

चितवनमा एक वर्षमा १५९ जनाले गरे आत्महत्या, १६ देखि २५ वर्षका धेरै

Banner

चितवन, साउन ९-

चितवनमा यस आर्थिक वर्षमा १५९ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार जिल्लामा सबै भन्दा कम गत साउन महिनामा ९ जनाले र सबैभन्दा बढी जेठ महिनामा ३१ जनाले आत्महत्या गरेका छन् । बारको आधारमा सबैभन्दा धेरै बिहीबार २९ जनाले आत्महत्या गरेका छन् भने सबैभन्दा कम शनिबार १८ जनाले आत्महत्या गरेका छन् ।

त्यसैगरी प्रहरीले जनाएअनुसार बिहान १२ बजेसम्ममा आत्महत्या गर्नेहरु बढी देखिएका छन् । बिहान आत्महत्या गर्ने ५५ जना छन् भने सबैभन्दा कम ३० जनाले साँझ आत्महत्या गरेका छन् । मृतकको उमेरको आधारमा चितवनमा आत्महत्या गर्नेहरुमा २६ देखि ३५ वर्षका युवाहरु ३१ जना छन् । वर्षको आधारमा सबैभन्दा कम १६ वर्षभन्दा मूनिका छन् । आत्म हत्या गर्नेहरुमा महिलाभन्दा पुरुषको संख्या बढी छ । एक वर्षमा चितवनमा ९२ जना पुरुषले आत्महत्या गरेको छन् । चितवनमा आत्महत्या गर्नेहरुमा डिप्रेसनको कारणले आत्महत्या गर्नेहरु ४८ जना रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । आत्महत्या गर्ने तरिकामा झुण्डिएर आत्महत्या गर्नेहरु १३५ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>