चितवन विशेष
चितवनका प्रजातन्त्रका सेनानी वाग्लेको निधन
०

चितवन, साउन ८ –
प्रजातन्त्रका सेनानी दुर्गादत्त वाग्लेको निधन भएको छ । पञ्चायत कालदेखि प्रजातन्त्रका लागि लडेका वाग्लेको ७८ वर्षको उमेरमा आज निधन भएको हो ।
उनको आज देवघाटमा अन्तेष्टि गरिएको हो । उनलाई अन्तिम श्रद्धान्जली स्वरुप कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ् र भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले पार्टीको झण्डा ओढाएका थिए । वाग्लेको निधनले पार्टीलाई अतुलनिय क्षति पुगेको कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए । प्रजातन्त्रका सेनानीको निधनले सिंगो पार्टी मर्माहत भएको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>