चितवन विशेष

बोस्टन कलेजमा ‘बोस्टन फिएस्टा–२०७६’ हुने

Banner

चितवन, साउन ८–

बोस्टन कलेज भरतपुरमा ‘बोस्टन फिएस्टा २०७६’ हुने भएको छ ।

व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा यही साउन १० गतेदेखि १२ गतेसम्म बोस्टन फिएस्टा हुन लागेको हो । व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको व्यक्तित्व र उद्यमशीलता विकास गर्नका लागि बोस्टन फिएस्टा आयोजना गरिएको इभेन्ट म्यानेजर सौरन रिजालले जानकारी दिए ।

आज कलेजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै इभेन्ट म्यानेजर रिजालले यस बोस्टन फिएस्टाले विद्यार्थीहरुको सिकाई पद्धतिलाई थप टेवा पुग्ने बताए । उनले फिएस्टामा मनोरञ्जनात्मक कार्यसंगै खानाको परिकार र व्यवसाय प्रवद्र्धन गरिने बताए ।

तीनदिने फिएस्टामा चर्चित राष्ट्रिय कलाकारहरु बोल माया तथा गलबन्दीका गायक प्रकाश सपुत, आधुनिक गायक कमल खत्री, नेपाल आइडबलबाट चर्चामा आएका अलि ब्रदर्श, अस्मिता अधिकारी, कमेडी सर्कलका सुजन जिम्बा, सिम्रन पाण्डेलगायत कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम संयोजक सुवास अर्यालले जानकारी दिए । उनले विद्यार्थीहरुलाई मिस नेपाल सुगारिका केसीले उत्प्रेरक प्रस्तुती समेत दिने बताए ।

बोस्टन कलेज परिसरमै हुने फिएस्टामा खाना, व्यवसाय र मनोरञ्जनका ३५ वटा स्टलहरु रहने छ । फिएस्टा कक्षामा १२ मा अध्ययरत विद्यार्थीलाई लक्षित गरिएको हो । फिएस्टा संचालन गर्न २० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

बोस्टन कलेजका एसोसिएट डाइरेक्टर पुष्पराज अधिकारीले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन कलेजले फिएस्टा आयोजना गरेको बताए । उनले विद्यार्थीहरुको भिन्न भिन्न रुची भएकाले सोही अनुसार विद्यार्थीहरुलाई कार्यक्रम गर्न लगाइएको बताए । उनले विद्यार्थीहरुको विभिन्न समूह निर्माण गरी कलेजले यस्ता खालका विभिन्न कार्यक्रमहरु गर्न केही आर्थिक सहयोग गर्ने गरेको बताए ।

कलेजले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलामा सक्रिय बनाउन विभिन्न १० वटा विद्यार्थीहरुको समूह निर्माण गरेको छ । सो समूहले फरक–फरक खालका कार्यक्रमहरु गर्नेछ । पोखरा विश्वविद्यालयबाट स्वीकृति प्राप्त बोस्टन कलेजमा बीबीए, बीबीएबीआई, बीसीआईएस, एमबीए तहका विभिन्न कक्षाहरु संचालन भईरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>