चितवन विशेष

भरतपुर अस्पतालमा ९ हजारको निशुल्क उपचार

Banner

चितवन,साउन ७-

भरतपुर अस्पतालमा गत आर्थिक बर्षमा झण्डै ९ हजार बिरामीले निशुल्क उपचार गराएका छन् । आर्थिक वर्ष २०७५÷७६ मा अस्पतालबाट ८ हजार ७ सय ९७ जनाले निशुल्क तथा आधा शुल्क तिरेर उपचार गरेका छन् । अघिल्लो बर्षको तुलनामा यस्तो सेवा लिने विरामीको संख्या झण्डै ५ सय जना घटेको हो ।

लक्षित समूहमध्ये गरीव तथा अतिगरीब समूहबाट सबैभन्दा धेरै ३ हजार ९ सय ९३ जनाले उपचार सेवा लिएको सामाजिक सेवा इकाई प्रमुख रमेश थापाले जानकारी दिए । जेष्ठ नागरिक ३ हजार ९ सय ५३ जनाले अस्पतालबाट निशुल्क सेवा पाएका छन् । अपाङ्ग १ सय ८३, असहाय ३ सय ३५, लैंगिक हिंसा पीडित ९१, महिला स्वयसेविका ५४ जनाले निशुल्क र आधा शुल्कमा उपचार गराएका छन् ।

विरामीको निशुल्क र आधा शुल्कमा उपचारका लागि १ करोड ४८ लाख ६८ हजार १ सय खर्च भएको छ । सामाजिक सेवा इकाईका लागि सरकारले झण्डै एक करोड रकम पठाएको थियो भने बाँकी रकम अस्पताल विकास समितिले खर्च गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>