वागमती
वीपी राजमार्गमा १८ घन्टादेखि यात्रु सुमोमा चेपिए
०

सिन्धुली,असार २८-
शुक्रबार आएको पहिरोका कारण वीपी राजमार्गमा सयौं सवारी साधन अलपत्र परेका छन् । अविरल बर्षा भइरहेका कारण यातायातका साधन पहिरोका कारण अवरुद्ध भएका छन् । एउटा सुमोमाथि ढुंगा खस्दा त्यसमा सवार एक जना चेपिएका छन् । तर प्रहरीले उद्दार गर्न सकेको छैन । १८ घन्टादेखि यात्रु पहिरोको जोखिममा चेपिएको जीपमा छन् ।
यात्रुका अनुसार प्रशासनिक निकायले उद्दारका लागि ध्यान दिन सकेको छैन जसका कारण बर्षामा रातभरी बीच बाटोमा नै यात्रुहरू बिचल्लिमा परेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>