प्रवास
नेपाली संस्कृतिको जगेर्ना गर्न पोर्चुगलमा नेपाली पाठशाला

पुनम गौतम
पोर्चुगल, असार २५-
नेपाली नारी समाज पोर्चुगलले अघिल्ला वर्ष जस्तै यसवर्ष पनि नेपाली पाठशालाको सुभारम्भ गरेको छ ।
विदेशमा भएका बालबालिकालाई मध्यनजर गर्दै मङ्गलबारबाट सुरु भएको पाठशालामा अभिभावकसहित बालबालिकाको उपस्थिति रहेको थियो । नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बिगत तीन वर्षदेखि समाजले शिक्षा प्रदान गर्दै आएको हो ।
बालबालिकाको हिउँदे बिदाको सदुपयोग गर्दै समाजले दुई महिने अध्यापन शिक्षा सुरु गरेको हो । बालबालिकाहरुमा नेपाली मौलिकता, भाषा, संस्कृति र पहिचान नबिर्सुन् भन्ने उद्देश्यले पाठशाला सञ्चालन गरेको समाजकी उपाध्यक्ष मीना खरेलले जानकारी दिइन् । २० जना बालबालिकाको सहभागिता रहेको कक्षा हप्ताको तीन दिन सञ्चालन हुनेछ । कक्षामा एकदिन भने चित्रकला सम्बन्धी कक्षासमेत दिइने उपाध्यक्ष खरेलले जानकारी दिइन् । जुलाई १ तारिखबाट सुरु गरिएको पाठशालाको मंगलबार भने औपचारिक रूपमा सुरुवात गरिएको हो । पाठशालामा समाजकी उपाध्यक्ष विद्या आचार्यले शिक्षिकाको भूमिका निर्बाह गरेकी छन् भने समाजकी अध्यक्ष जयकला राई र सदस्य हरिमाया घलेले बालबालिकाहरुलाई सहजीकरण गरेका थिए । समाजले स्थापनाकालदेखि नै मातृभूमि नेपाल र पोर्चुगलमा सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।