सेलिब्रेटी
नायिका शिल्पा पोखरेलले छवि ओझाविरुद्ध दिइन् उजुरी
०

काठमाडौं असार २५ –
नायिका शिल्पा पोखरेलले श्रीमान् छवि ओझाबाट आफू असुरक्षित रहेको भन्दै सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएपछि प्रशासनले उक्त उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
प्रहरीले छलफलका लागि शिल्पा र छविलाई बोलाएको छ । “शिल्पा पोखरेलले छवि ओझाबाट आफू असुरक्षित भएको भन्दै उजुरी दिएपछि छलफलका लागि हामीले दुवैलाई बोलाएका छौं,” महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र वोगटीले भने ।
नायिका रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि छवि र शिल्पाले विवाह गरेका थिए । म्युजिक भिडियोमा अभिनय गर्दै आएकी शिल्पाले छविले बनाएको ‘लज्जा’, ‘हवल्दार सुन्तली’, ‘मंगलम’ लगायत चलचित्रमा अभिनय गरेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>