चितवन विशेष

रंगशाला निर्माणको काम सुचारु गर्न फाउण्डेशनलाई पुनः आह्वान

०
Banner

चितवन, असार २४–

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति चितवनले रंगशाला निर्माणको काम सुचारु गर्न धुर्मुस–सुन्तली फाउण्डेशनलाई आग्रह गरेको छ ।

समितिले मंगलबार विज्ञप्ति जारी गर्दै रंगशाला निर्माण कार्य पूर्वयोजना अनुसार नै सुरु गर्न फाउण्डेशनलाई आह्वान गरेको हो । समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालद्वारा जारी विज्ञप्तिमा सबै वातावरण राम्रो रहेको भन्दै कामलाई अगाडि बढाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,–‘निर्माण कार्यको वातावरण सहज रहेको र आवश्यक सम्पूर्ण सहयोग गर्न स्थानीय सरोकारवाला निकाय, राजनीतिक दलहरु, जनप्रतिनिधि, सरकारी निकायका प्रमुख, नीजि क्षेत्रका प्रमुख, सामाजिक व्यक्तित्व, पत्रकार, सामाजिक अभियान्ता, क्रियाशील व्यक्तित्व र सबै देशवासी जनसमुदाय उत्साह पूर्वक सहयोग गर्न तयार रहेको रहेको छ ।’

रंगशाला निर्माणलाई अगाडि बढाउन समितिले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी पाँच हजार एक सदस्यीय गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति, चितवन गठन गर्ने निर्णय गरेको छ ।

साथै समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको निम्ति आवश्यक पर्ने आर्थिक सहयोग संकलन गर्न १५ सदस्यीय आर्थिक उपसमिति र अनुगमन गर्न विशेषज्ञहरु सहितको १७ सदस्यीय अनुगमन उपसमिति गठन गर्ने गरेको छ ।

चितवनको रामपुरमा रंगशाला निर्माण घोषणा गरिसंगै विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । तर ती रकमहरु अझै उठ्न नसकेको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले भन्दै आएका छन् । यही अवस्थालाई मध्यनजर गर्दै समितिले घोषणा गरिएको रकम यथासक्य छिटो जम्मा गर्न आग्रह गरेको छ भने चन्दादाताले दिने चन्दा रकममा कर छुटको निम्ति महानगरपालिका मार्फत पहल गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>