चितवन विशेष
भरतपुरमा नेतृत्व विकास कार्यक्रम हुने

चितवन, असार २४–
लिडरसिप कर्नरले युवा वर्गलाई लक्षित गरी नेतृत्व विकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने भएको छ ।
मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी सो कार्यक्रमबारे जानकारी गराईएको हो । युवाहरुका लागि नेतृत्व विकास, व्यक्तित्व विकास, निर्णायात्मक क्षमतालगायत अन्य विविध महत्वपूर्ण जीवनपयोगी सिपहरु सिकाईनेछ ।
कार्यक्रममा विदेशमा कसरी विकास भएको छ र नेपालमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्नेबारेमा पनि छलफल हुने आयोजकले जनाएको छ । कार्यक्रममा कक्षा ११ देखी स्नातकोत्तर अध्ययन गरिरहेका विद्यार्थी तथा अविभावकहरु समेत सहभागी हुन सक्नेछन् । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रमका संयोजक प्रशान्त बिक्रम सापकोटाले जानकारी दिए । कार्यक्रम यही असार २७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म भरतपुरमा सञ्चालन हुनेछ ।
कार्यक्रमका लागि दुई लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सापकोटाले संयोजक सापकोटाले बताए । पे्ररक वक्ता अब्दुस मिया, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, सिभिल सोसाईटी लिडर निगम हुमागाईं, डा.सूर्यराज आचार्य, सीए विशाल भट्टराई लगायतले नेतृत्व विकासका बारेमा जानकारी गराउने छन् ।