चितवन विशेष

विषाक्त तरकारीको बिरोधमा चितवनका विद्यार्थीले भारतीय गाडी रोक्ने

Banner

चितवन, असार २३–

सरकारले विषादीयुक्त भारतीय तरकारी प्रवेश गर्न दिएको भन्दै चितवनका चार विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छ ।

नेपाल विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल –क्रान्तिकारी) र समाजवादी विद्यार्थी फोरमले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आन्दोलनका कार्यक्रम अनुसार भोलि (मंगलबार) प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउने, सोही दिन इकाइले संयुक्त विज्ञप्ती जारी गर्ने, असार २५ गते सांकेतिक बिरोध गर्ने, २६ गते भारतीय नम्बरको गाडी चितवन जिल्लामा निषेध गर्ने र २७ गते विशाल प्रदर्शन गर्ने तय भएको नयाँ शक्ति विद्यार्थी युनियन चितवनका अध्यक्ष अनुज जोशीले जानकारी दिए । उनले दुई तिहाइको सरकार भारतसंग लम्पसारबाद परेको भन्दै बिरोध स्वरुपम आन्दोलनको कार्यक्रम घोषणा गरिएको बताए ।

आज जारी संयुक्त विज्ञप्तीमा अध्यक्ष जोशीसंगै नेविसंघका अध्यक्ष सूर्य ढकाल, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दीपक पोख्रेल, समाजवादी विद्यार्थी फोरम चितवनका अध्यक्ष अशोक गुरुङले हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>