चितवन विशेष

थारु नेताको मुद्धा खारेजी, रेशम चौधरीलगायत थारु राजबन्दीको रिहाइको माग

Banner

चितवन, असार २३–

चितवनको सौराहामा भएको एकीकृत थरुहट राष्ट्रिय भेला २१ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ ।

थारु कल्याणकारिणी सभा केन्द्रीय समितिले आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलन गरी भेलाले तय गरेको सौराहा घोषणा पत्र सार्वजनिक गरेको हो । थारु कल्याणकारिणी सभा केन्द्रीय समिति र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा भएको भेलाले थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष धनिराम चौधरीलगायत थारु नेता तथा कार्यकर्ता माथि लगाएका झुठा मुद्धा खारेज र सांसद रेशमलाल चौधरीलगायत बन्दी बनाईएका निर्दोष थारु राजबन्दीहरुलाई यथाशिघ्र रिहाई गर्न माग गरेको छ ।

यस बारेमा प्रधानमन्त्री केपी शर्मालाई ज्ञापन बुझाउने समेत निर्णय गरिएको थाकसका महासचिव प्रेमीलाल चौधरीले जानकारी दिए । भेलाले दवाबस्वरुप २०७२ भदौं ७ गते भएको टिकापुर घटना सत्याग्रह अभियान कैलालीको टिकापुरलगायत सम्पूर्ण थरुहट जिल्लाहरु र काठमाडौं उपत्यकामा जारी राख्ने निर्णय गरिएको चौधरीले जानकारी दिए ।

भेलाले टिकापुर बजारमा कफर्यु लागेको बेला २०७२ भदौं ७ गते राती र ८ गते दिउँसो थारुहरुको घर, पसल, एफएम, रिसोर्टमा छानी छानी तोडफोड गर्ने, सम्पत्ति लुटपाट गर्ने र आगजनीलगायत थारु महिलाहरु माथि दुव्र्यवहार गर्नेहरुलाई कानुनी कारवाही गर्न माग समेत गरेको छ ।

भेलाले जारी थरुहट/थारुवान आन्दोलनलाई शसक्त, प्रभावकारी र निष्कर्षमा पु¥याउन अभियानलाई निरन्तरता संघर्ष जोड दिँदै बिद्रोहको तयारीसहितको कार्यदिशा तय गर्ने निर्णय गरेको छ । त्यसका लागि विभिन्न संघसंस्था, संगठन एवंम् समितिहरुसंग वार्ताको लागि कार्यदल अविलम्ब गठन गर्ने निर्णय गरेको छ । थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री चौधरीले नेपाल सरकारसंग छलफलको लागि कार्यदल बनाउने निर्णय भएको जानकारी दिए । उनले भने–‘सरकारसंग धेरै विषयमा हाम्रो माग छ, ती विषयमा छलफल गर्न कार्यदल बनाउँछौं, प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउँछौं ।’

पत्रकार सम्मेलनमा बोल्दै थाकसका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरीले दुई दिने भेलामा घनिभुत छलफल भएको भन्दै थारुवान÷थरुहट आन्दोलनलाई अगाडि बढाउन सहयोग पुग्ने बताए । उनले भने–‘टिकापुर घटनाको छानविनका लागि गठित देवीराम शर्मा नेतृत्वको छानविन समिति, पूर्व न्यायधिश गृशचन्द्रलाल दास, सामाजिक न्याय तथा संसदीय छानबिन समिति, राष्ट्रिय मानब अधिकार आयोगलगायत अन्य सम्पूर्ण आयोगहरुका प्रतिवेदन अविलम्ब सार्वजनिक एवंम् कार्यान्वयन गर्न माग गर्दछौं ।’

उनले भेलाले थरुहट/थारुवान संयुक्त संघर्ष समितिको जिल्ला समितिहरुलगायत स्थानीय तहसम्म गठन र पुर्नगठन गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै पूर्व सांसद रुकमिणी चौधरीले थरुहट/थारुवान संयुक्त संघर्ष समितिको संविधान संशोधन सम्बन्धि र टिकापुर घटनालगायतको १४ बुँदे माग नेपाल सरकासंग अविलम्ब पुरा गर्न गराउन भेलाले माग गरिएको जानकारी दिइन् । उनले भनिन्–‘टिकापुर घटनाका बेला थुप्रै थारुहरुका घर जलाईयो, चेलीबेटी बलात्कारमा परे उनीहरुलाई कारवाही भएन, राज्यको विभेदविरुद्ध अघि बढ्छौं ।’

यस्तै थारु अगुवाहरुले नयाँ संविधानप्रति तिव्र असन्तुष्टि जनाएका छन् । भेलाले आदिवासी थारु र थरुहटविरुद्ध नेपालको संविधान २०७२ घोषणा भएको भन्दै विभेदकारी संविधानका धारा/उपधारा र अनुसुचिहरुको प्रतिलिपि काठमाडौं उपत्यकालगायतका सम्पूर्ण थरुहट जिल्लाहरुमा जलाउने निर्णय गरेको छ ।

दुईदिनसम्म सौराहामा चलेका भेलामा थाकसका अध्यक्ष धनिराम चौधरी, टिकापुर घटनमा जेल जिवन बिताएका नेता लक्ष्मण थारुलगायतको २५ जिल्लाका थारु अगुवाहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>