चितवन विशेष

चितवनमा गैँडा मृत भेटियो

Banner

चितवन, असार २२–

चितवन राष्ट्रिय निकुञ्जमा ‘स्वीप अप्रेशन’का क्रममा एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको तमासपुर क्षेत्रअन्तर्गत विनय खोलाको किनारमा गैँडा मृत भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी तीन वर्षको भाले गैँडा मृत भेटिएको हो । परीक्षणका क्रममा भाले गैँडाको आक्रमणबाट उक्त गैँडा मरेको पाइएको छ । ढकालका अनुसार भालेको आक्रमणपछि मरेको गैँडालाई नदीले बगाएर तमासपुर क्षेत्र पु¥याएको हो । योसँगै निकुञ्ज क्षेत्रमा चालू आर्थिक वर्षमा ४१ गैँडा मरेका छन् । राष्ट्रिय वन क्षेत्रमा दुई गैँडा मरेका छन् । निकुञ्जमा असार १५ गतेदेखि स्वीप अप्रेशन शुरु भएको हो ।

निकुञ्जको अमलटारी क्षेत्रको खोरीया मुहान र गैँडा खासा क्षेत्रबाट अप्रेशन थालिएको हो । ढकालका अनुसार निकुञ्जमा अप्रेशन जारी छ । अप्रेशनका क्रममा सुनाचुरी क्षेत्रमा तामा काट्दै गरेका पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका सबै पिप्लेका रहेका छन् । चार स्थानमा क्याम्प खडा गरी काम भइरहेको छ । निकुञ्जलाई १० भागमा विभाजन गरी स्वीप थालिएको हो । निकुञ्जका कर्मचारी, नेपाली सेना र माउते उक्त अप्रेशनमा जुटेका छन् ।

वर्षात्को समय चोरी शिकारका हिसाबले संवेदनशील मानिन्छ । वर्सातसँगै घाँस उम्रीएर झाडी बन्ने, बाढीका कारण गस्ति गर्न कठिन हुने, सडक र पुल भत्कने तथा हात्तीसम्म पुग्न कठिन हुन्छ । सोही कारणले वर्सात अघि पुरै क्षेत्रमा स्वीप गरिएको हो । निकुञ्जमा ५३ स्थायी पोष्ट छन् । निकुञ्जमा पैदल, साइकल, हात्ती, डुङ्गा, कुकुर र गाडीमा गस्ती गरिँदै आएको छ । निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ । गस्ती बढेसँगै दुई वर्ष यता शिकारीले गैँडा मार्न सकेका छैनन् । सशस्त्र द्वन्द्वका समयमा एकै वर्षमा ३६ गैँडा तस्करले मारेको तथ्याङ्क छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>