चितवन विशेष

न्यू क्यापिटल कलेजमा ‘ओपन डे’, विद्यार्थीलाई देखाईयो प्रयोगात्मक गतिविधि

Banner

चितवन, असार २१–

पूर्वीचितवनको रत्ननगर वडा नं.४ मा शैक्षिक धरोहरको रुपमा रहेको न्यु क्यापिटल कलेजमा कक्षा ११ को प्रवेश परीक्षासंगै ‘ओपन डे’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

शनिबार विहानदेखी सुरु भएको कार्यक्रममा कलेजले गर्ने विभिन्न प्रकारका शैक्षिक र अतिरिक्त गतिविधिहरु कलेजको हाताभित्र नै प्रदर्शन गरी कक्षा ११ मा अध्ययनका लागि आएका विद्यार्थी तथा अभिभावकसहित उपस्थित सम्पूर्णलाई जानकारी गराइएको थियो ।

विशेषगरि सैद्धान्तिक ज्ञानलाई पूर्ण बनाउनको लागि बढी भन्दा बढी जोड दिँदै कलेजले यस्तो कार्यक्रम आयोजना गरेको कलेजका प्रिन्सिपल भुपेन्द्र धितालले जानकारी दिए । उनले भने–‘सैद्धान्तिक ज्ञान मात्र भएर हुँदै व्यवहारमा उतार्न सक्ने बनाउनु पर्छ, यसमा न्यु क्यापिटलको जोड हो ।’ उनले चितवन शैक्षिक हबको रुपमा विकास भएको भन्दै प्रयोगात्मक शिक्षामा कमजोर रहेको भन्ने आरोपलाई चितवनका कलेजहरुले तोड्न सफल भएको बताए । उनले प्रयोगात्मक कक्षाहरु समेत चितवनमा राम्रो हुँदै गएकोले विद्यार्थीहरु चितवन बाहिर गएर अध्ययन गर्नुपर्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा विशेषत होटेल म्यानेजमेन्टका विद्यार्थीहरुलाई केन्द्रीत गरी ‘बरिष्टा’ कफी बनाउने कला, बारट्रेण्डिङ लगायतका प्रयोगात्मक गतिविधिहरु प्रदर्शन गरिएको थियो । यी सबै प्रयोगात्मक कक्षाहरु न्यु क्यापिटल कलेजमा रहेको छ । यसले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा आफ्नो कला देखाउन सहज हुनेछ ।

त्यस्तै कार्यक्रममा अन्य विषयका विद्यार्थीहरुको हकमा व्यक्तित्व एवंम नेतृत्व विकासका लागि विभिन्न उत्प्रेरक कार्यक्रम डेक्स स्थापना गरी विद्यार्थीहरुलाई थप आकर्षण प्रदान गरेको थियो । न्यु क्यापिटल कलेजले नयाँ कार्यक्रमहरु थप गर्दै एक्सपर्टसँग सहकार्य गरेपछि विद्यार्थीहरुको पहिलो रोजाइमा परेको छ ।

न्यू क्यापिटलसंग सहकार्य गरेको एक्सपर्ट ग्रुपका प्रतिनिधि डिल्लीराम अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा अध्यापन गराइने कक्षाहरु जस्तै न्यु क्यापिटलमा बनाइने बताए । उनले कलेजमा प्रयोगात्मक कक्षालाई विशेष जोड दिइने समेत बताए । उनले भने–‘विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षामा जोड दिनु हाम्रो पहिलो प्राथमिकता हो, कलेजमा अत्याधुनिक ल्याबहरु निर्माण गरेका छौं, यसले विद्यार्थीलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा आफ्नो क्षमता देखाउन मद्धत पुग्ने छ ।’

विगतका दिनहरुमा विज्ञान र व्यवस्थापन संकायमा पटक–पटक नेपाल प्रथम स्थान हासिल गर्न सफल न्यु क्यापिटल कलेजले यस वर्षदेखी विद्यार्थीहरुको आवश्यकतलाई मध्यनजर गरी मानविकी संकाय समेत थप गरेको छ । साथै यस वर्षदेखी कलेजले विद्यार्थीहरुको थप सुविधाको लागि पूर्णतय एयर कन्डिसनको कोठा, प्रयाप्त खेलकुद मैदान, अत्याधुनिक लाइब्रेरी र होटेल म्यानेजमेन्टका विशेष प्राविधिक कक्षाहरु संचालनमा ल्याएको छ ।

यस्तै आज (शनिबार) नै कलेजमा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायको प्रवेश परीक्षा भएको छ । जस अन्तरगत विज्ञान संकायको प्रवेश परीक्षामा २२० विद्यार्थीहरु सहभागिता जना भने व्यवस्थापन संकायमा ३१३ जनाले सहभागिता जनाएको कलेजका प्राचार्य धितालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>