कर्पोरेट

नेपालमा रेडमी नोट ७ प्रो मोबाइल सार्वजनिक

Banner

चितवन, असार २१-

विश्वव्यापी टेक्नोलोजी लिडर शाओमीले आज रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक गरेको छ ।

नयाँ मोबाइल सार्वजनिक कार्यक्रममा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमी नोट ७ प्रो रेडमी नोट लाइनको एक उल्लेखनीय अनुवृद्धि हो जसले जीवनको मुल दर्शनलाई र सबैका लागि नवीनतम सृजना ल्याएको छ । रेडमी नोट ७ प्रो मा सोनीको ४८ एमपी शक्तिशाली क्यामेरा रहेको छ जसलाई क्वालकम स्न्यापड्रेगन ६७५ ले सुसज्जित गरेको छ र यसमा आश्चर्यजनक औरा डिजाइन रहेको छ ।’

रेडमी नोट ७ प्रोमा अहिलेसम्मकै रेडमी सिरिजको सबैभन्दा शक्तिशाली औरा डिजाइनको अवधारणा रहेको कम्पनीले जनाएको छ । जसले अझै धेरै कौशल, चम्किलो र प्रिमियम शैलीका लागि डिजाइनमा महत्वपूर्ण परिवर्तन ल्याएको उसको दाबी छ । यसको अघिल्लो र पछिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ सँगैरेडमी नोट ७ प्रो स्टाइल तथा फङसन भन्दा भिन्न छ । त्यति मात्रै नभएर ६.३ इन्च, एलटीपीएस प्यानल भएको डट नोच डिस्प्ले औरा डिजाइनलाई सबैभन्दा शीर्ष बनाएको छ । रेडमी नोट ७ प्रो को पछिल्लो भागमा रहेको गोरिला ग्लास ५ ले गर्दा यस फोन सबै नयाँ रेन्जका कलरहरु भन्दा अलग देखिने कम्पनीको दाबी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>