चितवन विशेष
भोलिको बन्द भ्रममात्र
०

चितवन, असार २१-
भोलि असार २२ गते नेपाल बन्द भनेर सामाजिक सञ्जालको भित्ता रंगिएपछि चितवनका विप्लव नेताहरुले आफ्नो पार्टीको कुनै बन्द नरहेको बताएका छन् ।
चितवनका विद्यार्थी नेता सुदिपले आफ्नो पार्टीको भोलि कुनै बन्द नरहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ सामाजिक सञ्जालमा आएको प्रतापको नामको विज्ञापन भ्रमपूर्ण रहेको छ । यो पार्टी कसको हो र अध्यक्ष को हो भन्ने नै पहिचान भएको छैन । ’ पश्चिम केन्द्रीय कमाण्डको नाममा प्रतापको नामबाट असार २२ गते नेपाल बन्द भनेर एक विज्ञप्ति जारी भएको थियो । अहिले सामाजिक सञ्जालमा त्यही विज्ञप्ति सेयर भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























