शिक्षा

अरोमा कलेजमा साढे ८ सयका लागि ३ हजारको आवेदन

Banner

चितवन,असार २०-

कुनै समय चितवनका विद्यार्थी अध्ययनका लागि काठमाण्डौंमा लर्को लागेर जाने गथ्र्ये । तर पछिल्लो समय प्लस टु अध्ययनका लागि काठमाडौं जाने परिपाटी अन्त्य हुन थालेको छ । चितवनमा नै उत्कृष्ट कलेजहरु स्थापना भएपछि अध्ययनका लागि काठमाडौं जाने क्रम ह्वात्तै घटेको हो ।

चितवनमा रहेका केही कलेजहरुले पछिल्लो समय विद्यार्थी आकर्षित गरिरहेका छन् । यस्तै मध्यको एक हो भरतपुरको अरोमा कलेज । अरोमा कलेजमा कक्षा ११ को व्यवस्थापन र विज्ञान संकायतर्फको प्रवेश परिक्षाका लागि करिब ३ हजारले आवेदन दिएको कलेज प्रशासनले जनाएको छ । कलेजमा विज्ञान संकायतर्फ साढे चार सय र व्यवस्थापन तर्फ चार सय सिट रहेको छ । कलेजले प्रदान गरिरहेको गुणस्तरिय शिक्षाकै आधारमा विद्यार्थी र अभिभावकको भीड लागेको कलेजका प्रचार्य शेरवहादुर क्षेत्रीले बताउनुभयो ।

स्थापना कालदेखि उत्कृष्ट नतिजा दिँदै आएको कलेज कक्षा ११ र १२ को परिक्षाको नतिजाको आधारमा कान्तिपुर साप्ताहिकमा प्रकाशित नेपालका उत्कृष्ट १० मावि मध्य उत्कृष्ट चौथो स्थान र राजधानी बाहिरको पहिलो स्थानमा पर्न सफल भएको क्षेत्रीले जानकारी दिनुभयो । कलेजले लगातार ३ बर्षदेखि नेपाल प्रथम लगाएत उत्कृष्ट नतिजा दिन सफल भएको उहाँको दावी छ । २०७४/७५ मा कलेजले ९९.५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको उहाँले बताउनुभयो ।

कलेजमा अडियो, भिजवल कक्षा, प्रोजक्टरबाट अध्यापन, युवा बैज्ञानिक उत्पादन गर्ने उदेश्यसहित एसटिईएम ल्याब,प्रिइन्जीनियरिङ,प्रिमेडिकलका कक्षाहरु शनिबार र बिदाका दिनमा पनि संचालनमा रहेको कलेजले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>