चितवन विशेष

इन्सेक प्रतिवेदन: चितवनमा छ महिनामा ५३ मानवअधिकार उल्लंघनका घटना

Banner

निशा श्रेष्ठ

चितवन, असार २०-

चितवनमा गत छ महिनाको अवधिमा २४ वटा बलात्कारका घटनासहित ५३ वटा मानवअधिकार उल्लंघनका घटना घटेका छन् ।

विसं २०७५ पुस १७ देखि २०७६ असार १७ सम्म जिल्लामा घटेका विभिन्न मानवअधिकार उल्लंघनका घटनाहरुलाई समेटेर तयार गरिएको प्रतिवेदनमा इन्सेकले सो उल्लेख गरेको हो । संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यतामा इन्सेकका चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले सार्वजनिक गरेको प्रतिवेदनमा यस अवधिमा जातिय विभेदका तीन घटना, हाडनाता करणीको चार, हत्याका चार, बलात्कारको जम्मा घटना २४ र बलात्कार प्रयासको चार घटना भएको उल्लेख गरिएको छ ।
त्यसैगरी जिल्लामा घरेलु हिंसाका छ घटना, बेचबिखनको एक, बालिका बेचबिखनको एक घटना र बहुविवाहको आठ घटना भएको उल्लेख गरिएको छ । बलात्कारका २४ घटनामध्ये १७ घटना बालिका पीडित भएका छन् ।

कार्यक्रमा संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति पोखरेलले बलात्कारका घटना बढिरहेको अवस्थामा राज्यले न्यूनीकरणको बाटोमा लाग्नुपर्ने बताए । उनले बालबालिकालाई पनि सुरक्षित राख्नुपर्ने विचार राखे । इन्सेकका प्रतिवेदन सार्वजनिक कार्यक्रममा डीएपी एकनारायण कोइराला, अधिवक्ता कल्पना उप्रेती, इन्सेकका पूर्वचितवन जिल्ला संयोजक मुकुन्द दाहाल, पत्रकार महासंघका अध्यक्ष राधेश्याम खतिवडालगायतले बोलेका थिए ।

अभिलेख केवल अभिलेखका रुपमा मात्र नराखी मानवअधिकारसँग सरोकार राख्ने निकायलाई उलंघनका घटनाबारे जानकारी गराउने र सचेत गराउने प्रयासस्वरुप समयसमयमा प्रतिवेदन सार्वजनिका गर्ने गरेको इन्सेकले जनाएको छ । प्रतिवेदनमा यस अवधिमा चितवनमा कुल ५३ घटना मानवअधिकार उल्लंघनको भएको उल्लेख छ ।  चितवन अदालतबाट ६ महिनाको अवधिमा दर्ता भएका मध्ये गम्भीर प्रकृतिका मानवअधिकार उलंघनतर्फ ६ वटा मात्र मुद्दा फैसला भएको इन्सेकले जनाएको छ । अन्य मुद्दाहरु अदालतमा चालु अवस्थामै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>