क्रिकेट

सिंगापुरविरुद्ध नेपालको शानदार जित

Banner

 काठमाडौं ,असार २०-

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकलेको छ । शुक्रबार भएको खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको हो ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३२७ रनको फराकिलो लक्ष्य पछ्याएको सिंगापुरले ३९ ओभर १ बलमा पूरै विकेट गुमाउँदै मात्र १०९ रन बनायो । सिंगापुरका लागि हरी कुकर्जाले सर्वाधिक ३० रन बनाए । त्यस्तै कान्नुसले २४ रन जोड्दा चन्द्रमुली श्रीदेवले २३ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले सर्वाधिक चार विकेट लिए । त्यस्तै तिलक राजभण्डारीले दुई विकेट लिँदा रसिद खान र सागर ढकालले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२६ रन बनाएको थियो । नेपालका लागि रित गौतमले शतकीय पारी खेले । १३७ बल खेलेका उनले १० चौका र एक छक्काको सहयोगमा ११५ रन बनाए । रितको यो प्रतियोगिताको पहिलो शतक हो ।

त्यस्तै नेपालका खड्क बोहोरा र कुशल मल्लले अर्धशतकीय पारी खेले । ९० बल खेलेका उनले १२ चौकाको सहयोगमा ९० रन बनाए । २३ बल खेलेका कुशलले ४ चौका र ५ चक्काको सहयोगमा ५१ रनको योगदान गरे ।

नेपालका लागि पवन शर्राफले ४५ रन बनाए । बलिङतर्फ सिंगापुरका लागि पर्नभ कृष्ण र भिनित मेहेतले समान दुई–दुई विकेट लिए । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>