वागमती

मुख्यमन्त्री पौडेल र गान्सुका गभर्नरबीच भेटवार्ता

Banner

हेटौंडा, असार २०-

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियनबीच भेटवार्ता भएको छ ।

गभर्नर रेन्जियनको निमन्त्रणामा पाँच दिने चीन भ्रमणका क्रममा गान्सु प्रान्त पुगेका मुख्यमन्त्री पौडेल र गभर्नरबीच बिहीबार साँझ दुई प्रदेशको बीच विभिन्न विषयमा सहकार्य गर्ने विषयमा कुराकानी भएको छ । भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले चीनको विकासबाट नेपाल प्रभावित भएको भन्दै चीनका प्रविधिहरु नेपालमा पनि प्रयोग गर्न आग्रह गरे । उनले चीन र नेपालबीच पनि धेरै समानता रहेकोले कृषि, पर्यटन, औद्योगिक विकासमा पनि नेपालसँग लैजान लगानी भित्र्याउन ३ नम्बर प्रदेश तयार रहेको उनले धारणा राखे ।

यसैगरी आधुनिक कृषि प्रणाली, औद्योगिक पार्कका विषयको छलफल पनि सकारात्मक रहेको मुख्यमन्त्रीका स्वकिय सचिव अनुप पौडेलले बताए । प्रदेश ३ ले लिएको विद्युतीय सवारी प्राथमिकताको विषयमा पनि गान्सु प्रान्तले चासो देखाएको छ । चीनको गान्सुमा पनि ९० प्रतिशत सवारी साधन विद्युतीय नै रहेको बताउँदै गभर्नर रेन्जियनले नेपालको ३ नम्बर प्रदेशमा पनि १० वर्षभित्र लागू गर्न सकिने बताए ।

छलफलका क्रममागभर्नर रेन्जियाङले ३ नम्बर प्रदेशमा लगानी सहित सर्वप्रथम आधुनिक कृषि प्रणालीमा सहयोग गर्ने र अन्य क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता गरेको स्वकिय सचिव पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>