चितवन विशेष

एक बर्षपछि भरतपुर अस्पतालले पायो प्रमुख मेसु

Banner

चितवन,असार १९-

भरतपुर अस्पतालले एक बर्षपछि प्रमुख मेडिकल सुपरिटेण्डेन्ट पाएको छ । ११ औं तहका डा. श्रीराम तिवारीले नयाँ मेसुका रुपमा पदभार ग्रहण गरेपछि अस्पतालले एक बर्षपछि प्रमुख मेसु पाएको हो । २०७५ साल जेठ १६ गतेसम्म डा. रुद्र मरासिनीले प्रमुख मेसुको रुपमा काम गर्नुभएको थियो । त्यस यता नियुक्त हुनुभएका डा.रविन खड्का, डा.कृष्ण पौडेल र डा. विश्ववन्दु वगालेले निमिक्त प्रमुख मेसुको रुपमा काम गर्नुभएको थियो । यो अवधिमा पटक–पटक अस्पतालका मेसु फेरीदा सेवा प्रवाहमा समस्या भएको थियो ।

२०७१ साल साउन २१ गते सरकारी सेवाका लागि नवौ तहमा प्रवेश गर्नुभएका तिवारी सल्यान अस्पताल,महाकाली अस्पताल, डडेल्धुरा उपक्षेत्रिय अस्पताल र गोरखा अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ विगत चार बर्षदेखि ११ औं तहमा कार्यरत हुनुहुन्छ ।

यसैविच प्रमुख मेसु तिवारीले आज पदभार ग्रहण गर्नुभएको छ । अस्पतालमा आयोजित एक कार्यक्रम मार्फत उहाँले पदभार ग्रहण गर्नुभएको हो । निवर्तमान मेसु डा. विश्ववन्धु वगालेले उहाँले पदभार ग्रहण गराउनुभएको थियो भने डा.भोजराज अधिकारीले स्वागत र निमित्त नर्सिङ प्रशासक रमिला विष्टले अस्पतालको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>