स्वास्थ्य

हेडफोनले ल्याउन सक्छ कानको समस्या,विश्वमा करिब ४६ करोड व्यक्तिलाई कानको समस्या

Banner

काठमाडांै असार १७-

विश्वमा करिब ४६ करोड ६० लाख व्यक्तिलाई श्रवण क्षमतासम्बन्धी समस्या रहेको पाइएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङअनुसार विश्वमा करिब ४६ करोड ६० लाख व्यक्तिलाई श्रवण क्षमतासम्बन्धी समस्या रहेको देखाएको हो । संगठनकै सोही तथ्यांकले तीन करोड ४० लाख बालबालिका सुन्ने क्षमतामा कमी आएको उल्लेख छ भने जसमा टाउको र कानको चोटपटकले समेत सुन्ने क्षमता प्रभावित हुने संगठनले जनाएको छ ।

त्यसैगरी, नाक, कान, घाँटी रोग विशेषज्ञ डा.वीरसिंह थापाले वायुप्रदुषण र ध्वनी प्रदुषणका कारण हरेक दिन नाक कान घाँटी विभागमा उपचार गर्न आउनेमा सबैभन्दा बढी कानको समस्या लिएर आउने बताउँछन् ।

“पहिला–पहिला ५० वर्ष नाघेका मासिनमा कान नसुन्ने समस्या बढी देखिन्थ्यो भने आजभोली युवामा पनि कान नसुन्ने र दुख्ने समस्या बढी देखिने गरेको छ,” उनले भने, “वायुप्रदुषणले पनि कानमा संक्रमण भइ सुन्ने क्षमतामा कमी आउँछ । आफुखुसी कानमा औषधी हाल्ने बानीले पनि सुन्ने क्षमता ह्रास ल्याउँछ ।”
कतिपय मानिसको के बानी हुन्छ भने कान चिलायो कि विभिन्न वस्तुले कोट्याउँने वा तोरीको तेल हाल्ने बानी हुन्छ । जसले कानमा संक्रमण भएर गम्भीर समस्या आउन उनले बताए ।

उनले भने, “कान नसुन्ने समस्या एउटा कानको संक्रमण हो, तर त्यो संक्रमणको समयमै उपचार नगर्दा सुन्ने क्षमतामा कमी आउँछ । अर्को हेडफोनमा उच्च डेसिबल ध्वनी तरंगमा हुने जुन निरन्तर, अत्यधिक, अवैज्ञानिक प्रयोगले सुन्ने क्षमतासमेत गुम्ने हुन्छ ।” हो–हल्ला, चर्को स्वर, तीव्र आवाज भइरहेको ठाउँमा रहँदा इयर प्लग आदिको प्रयोग गर्नु पर्ने डा। थापाको सुझाव छ ।

त्यस्तै नाक, कान, घाँटी रोग विशेषज्ञ डा। ढुन्डिराज पौडेलले गर्भावस्थामा कुनै संक्रमण हुँदा, जन्म सम्वद्घ कुनै क्षति हुँदा यो समस्या देखिने, अझ बढ्दो ध्वनी प्रदुषण आदिका कारण कान सुन्ने क्षमतामा कमी आउने बताए ।

“पहिले बढी वृद्धवृद्धा र बालबालिकामा कानको सुन्ने क्षमताको कमी देखिने गरेकोमा आजभोली युवाहरुमा बढी देखिने गरेको छ,” उनले भने । विभिन्न अध्ययनले सन् २०५० सम्ममा ९० करोडभन्दा बढी व्यक्तिमा सुन्ने क्षमतासम्बन्धी समस्या देखिन जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>