राजनीति

दुई तिहाईको सरकार हुँदा पनि विकास खर्चबारे पूरानै ट्रेण्ड हुनु दुर्भाग्य: पूर्वअर्थमन्त्री कोइराला

Banner

काठमाडौं, असार १७-

पूर्वअर्थमन्त्री शंकर कोइरालाले दुई तिहाईको सरकार हुँदा पनि विकास खर्चबारे पूरानै ट्रेण्ड देखिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।

रिपोटर्स क्लब नेपालले आज काठमाडौंमा गरेको साक्षात्कारमा कोइरालाले भने, ‘विकास त सकारात्मक रुपमा अगाडि बढेको छ । असारे विकासको कुरा गर्दा पहिले अस्थायी सरकार भन्ने बनिबनाउ कारण थियो, अब स्थायी सरकार आएको छ । दुई तिहाईको सरकार बनेपछि पूरानो रोग कम हुने आधार थियो ।  उनले आयोजना कार्यान्वयनको क्षमता पनि बढाउनुपर्ने बताए । त्यस्तै, कार्यान्वयन निकायले पनि आफ्नो जिम्मेवारीपन देखाउनुपर्ने कोइरालाको सुझाव छ । उनले भने,‘कार्यान्वयनको सन्दर्भमा राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड गर्नुपर्छ ।’

त्यस्तै उनले बजेटमा परिपक्व योजनामात्रै पार्नुपर्ने धारणा राखे । ठेक्का, टेण्डर दाबी विरोधमा पनि केही समस्या रहेको उनको टिप्पणी छ । लगाइएका ठेक्काहरुको अनुगमन राम्रोसँग गर्नुपर्ने उनले सुझाए ।  सरकारले कर्मचारी समायोजनको नाममा लामो समय अलमल गरेको र संघीय संरचना तयार पार्दा विकास निर्माणको काममा ढिलाइ भएको उनको तर्क छ । उनले भने,‘सरकारको खर्च गर्ने क्षमता कमजोर छ ।’
अर्थविद् डा डिल्लीराज खनालले असारे विकासको बारेमा टिप्पणी गर्दा विगतमा विसंगति र विकृति रहेको सुनाए । उनले भने,‘४० देखि ५० प्रतिशत खर्च असारमा हुँदा गुणस्तर कम हुन्छ ।’ बजेट विनियोजन, जवाफदेहीता र पारदर्शीता प्रणाली नहुँदा समस्या भएको उनको भनाइ छ ।
खनालले बजेट प्रणाली नै बेथिति रहेको सुनाए । उनले भने,‘अब बजेट विनियोजन, खर्च भुक्तानी प्रणालीलाई नै सुधार गर्नुपर्छ । आगामी आर्थिक वर्षमा यो कुरामा सुधार हुने अपेक्षा गरिएको छ ।’ अहिलेपनि ‘जिरो सम गेम’ जस्तो देखिएको उनको भनाइ छ । खनालले अब प्रणालीगत रुपमै यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने,‘बजेट ठीक कार्यान्वयन भएका छन् कि छैनन् भनेर यसलाई अनुगमन गर्ने संयन्त्र हुनुपर्छ ।’

अहिले पनि कार्यसम्पादनमा आधारित बजेट नभएको खनालको टिप्पणी छ । उनले भने,‘हाम्रोमा जेठ १५ देखि असार मसान्तको कार्ययोजना भएन । सार्वजनिक खर्चमा मितव्ययिता हुनुपर्छ । टाइम बाईको अवस्थालाई सुधार गर्नुपर्छ ।’ मुलुकलाई समृद्धिको दिशामा डो¥याउने खालको कार्ययोजना हुनुपर्ने उनको भनाइ छ । खनालले हिजोसम्मको पुँजीगत खर्च ५३ प्रतिशत पुगेको सुनाउँदै जथाभावी हुने खर्च रोक्नुपर्ने सुझाव दिए । उनले भने,‘बेठीक ढंगले हुने खर्चलाई प्रोत्साहन गर्नुहुँदैन ।’ बजेट कार्यान्वयनको सवालमा अहिले पनि समन्वयको कमी देखिएको उनको गुनासो छ । उनले भने,‘४५ दिनको वर्क प्लान खोई ? एक्सन प्लान बनाउनुपर्छ । काम भएन भने मन्त्रीलाई समेत दण्डित गर्नुपर्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री दिपक खड्काले तत्काल प्रधानमन्त्री वा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले झट्ट हेर्दा प्रधानमन्त्री परिवर्तन गर्ने हल्ला छ, मन्त्रीहरु पनि परिवर्तन गर्ने हल्ला छ । अहिले मन्त्रीहरु परिवर्तन गर्न आवश्यक छैन । यसले अस्थिरता निम्त्याउँछ ।’ खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाँई गर्न नहुने धारणा राखे । उनले भने,‘यदि यो पाँच वर्ष हेलचेक्र्याइँ गरियो भने मुलुक २५ वर्षपछि पर्छ ।’ उनले थपे,‘यही सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>