क्रिकेट

एसिसी पूर्वी क्षेत्रीय क्रिकेटः थाइल्याण्डविरुद्ध मलेसियाको संघर्षपूर्ण जित

Banner

काठमाडौँ, असार १७–

आजदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत घरेलु टोली मलेसियाले संघर्षपूर्ण जित निकालेको छ । किनरारा ओभलमा भएको खेलमा मलेसियलाले थाइल्याण्डलाई १६ रनले पराजित ग¥यो । मलेसियालाई जित निकाल्न हम्मे हम्मे परेको थियो ।

मलेसियाले दिएको ९५ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड २६.४ ओभरमा ७८ रनमा अलआउट भयो । थाइल्याण्डका लागि नरवेट नुनटारचले २१ रन रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले उल्लेखीय प्रदर्शन गर्न सकेनन् । थाइल्याण्डका तीन व्याट्सम्यान शून्यमै आउट भएका थिए । मलेसियाका लागि मुहम्मद आमिरले ४, सचिनु हेटिगल र मुहम्मद मदेलीले दुई/दुई वकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले ३०.३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनायो । मलेसियाका लागि वान आमिरुलले २९ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ थाइल्याण्डका सरउत मलिवानले पाँच विकेट लिए ।

सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित चीन र सिङ्गापुर छन् भने समूह ‘बी’मा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । प्रतियोगिताको विजेताले श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कप खेल्नेछ । यस प्रतियोगिता अन्तरगत भोलि (बुधबार) नेपालले पहिलो खेलमा चीनसंग प्रतिस्पर्धा गर्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>