चितवन विशेष

चितवन अदालतको सजायः भरतपुरको मतपत्र च्यात्नेलाई एक लाख जरिवाना

Banner

चितवन, असार १६–

निर्वाचन कसुर सम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले दुई जनालाई जरिवाना सजाय सुनाएको छ ।

भरतपुर महानगरपालिकाको निर्वाचनमा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका द्रोण शिवाकोटी र मधु न्यौपानेलाई आज चितवन अदालतले जनही एक लाख रुपैयाँ जरिवान सजाय तोकेको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले आज सो साजय तोकेको हो । न्यायाधीश श्रेष्ठको इजलासले नै गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>