चितवन विशेष
नारायणगढ –हेटौंडा क्षेत्रमा भोलिबाट अतिरिक्त सडक दस्तुर, १०० रुपैयाँसम्म असुलिँदै
१

चितवन, असार १६-
संघीय सरकारले नौबिसे–मुग्लिन तथा हेटौंडा–नारायणगढ क्षेत्रमा सवारी साधनसँग सडक बोर्ड मार्फत् कर उठाउने भएको छ। भोलि मंगलबारबाट ठूला गाडीदेखि मोटरसाइकलसम्मबाट कर उठाउने भएको हो।
सरकारलाई यसलाई सडक उपभोग दस्तुर नाम दिएको छ। न्युनतम् १० रुपैयाँदेखि १२० रुपैयाँसम्म असुल गरिने छ। नौबिसे–मुग्लिङमा भारी सवारी साधन बस, मिनीबस, ट्रक, मिनी ट्रक र हेभिमेशिनरी इक्विप्मेन्टलाई १२० रुपैयाँ लिइने छ। साथै कार, जीप, पिकअप भ्यान र ट्र्याक्टरसँग ५० रुपैयाँ र तीनपाङ्ग्रे टेम्पो र मोटरसाइकलसँग १० रुपैयाँ उठाउने निर्णय गरेको छ। यसैगरी हेटौंडा–नारायणगढ क्षेत्रमा भारी सवारीलाई १०० रुपैयाँ दस्तुर तोकिएको छ। कार, जिपलाई ४० रुपैयाँ र मोटरसाइकललाई १० रुपैयाँ दस्तुर तोकिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>