चितवन विशेष

चितवनमा १०० लायन्स क्लबका अध्यक्षले सुनाए योजना

Banner

चितवन, असार १६-

चितवन र नवलपुरका १०० वटा लायन्स क्लबका अध्यक्षले सामाजिक क्षेत्रमा आफ्नो क्लबले आउँदो एक वर्षमा गर्ने महत्वपूर्ण सामाजिक कामहरु प्रस्तुत गरेका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बिटुको एरिया नम्बर ३ ले आज नारायणगढमा गरेको प्लानिङ् मिटमा ती क्लबका अध्यक्षहरुले आफ्ना क्लबले गर्ने महत्वपूर्ण काम प्रस्तुत गरेका हुन् । एरिया नम्बर तीनका प्रमुख प्रकाश भट्टराईका अनुसार दुई जिल्लामा १०० वटा लायन्स क्लब पुगेका छन् । ती मध्ये अधिकांश क्लबका अध्यक्षहरु कार्यक्रममा उपस्थित थिए । उनीहरुले सामाजिक क्षेत्रमा गर्ने महत्वपूर्ण कामहरु आफ्ना कार्य सूचीमा राखेको भट्टराईले जानकारी दिए ।

स्वास्थ्य शिविरदेखि अस्पताल निर्माण हुँदै आँखा दान, विद्यार्थीलाई शैक्षिक सामग्री एवम् छात्रवृत्ति वितरण, साइबर क्राइमसम्बन्धी जनचेतना, टेलिभिजन कार्यक्रम, वन र वन्यजन्तु संरक्षण जस्ता योजनाहरु क्लबका अध्यक्षले प्रस्तुत गरेका थिए । समुदायमा सामाजिक क्षेत्रमा गर्नुपर्ने अधिकांश काम लायन्सका अध्यक्षहरुले आफ्ना योजना बनाएको भट्टराईको भनाइ छ ।

सो अवसरमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बिटुका सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर रामप्रसाद भट्ट र पूर्वगभर्नर प्रभातकुमार जोशीले लायन्स क्लबले सामाजिक क्षेत्रमा गर्ने कामका बारेमा प्रष्ट पारेका थिए । उनीहरुले संसारमा समाजसेवामा अग्रणी भएको भन्दै यही आकर्षणका कारण यस क्षेत्रमा क्लब स्थापना हुने क्रम बढ्दो रहेको जानकारी दिएका थिए । कार्यक्रममा लायन्सका रिजन चेयर पर्सन, जोन चेयर पर्सन, अव्जरभरलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>