चितवन विशेष

चितवनबाट एसईईमा ४ जीपीए ल्याउने ११ विद्यार्थी सम्मानित

Banner

चितवन, असार १६–

वाल्मीकि शिक्षा सदन (प्लस टु) भरतपुरले चितवन जिल्लाबाट एसईई परीक्षा २०७५ मा सर्वोत्कृष्ट नतिजा ४ जीपीए ल्याउने ११ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

आज (सोमबार) एक कार्यक्रमकाबीच विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा भने ९ जना विद्यार्थी अभिभावकसहित उपस्थित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–४ का वडाअध्यक्ष हरिप्रसाद आचार्यले नगद पाँच हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरे ।

सम्मानित हुने विद्यार्थीहरुमा वाल्मीकि शिक्षा सदनकै सुवास कँडेल, सुप्रिमा दाहाल र आयुषा सापकोटा, स्काइराइडर आवासिय मावि रत्ननगरका विश्वास पौडेल, हिमाल रानाभाट, एन्जर्लस वल्र्ड स्कुल रत्ननगरका होमनाथ पौडेल, सजेश रेग्मी, एकता शिशु निकेतनका आशिष पौडेल, प्रेरणा इङलिस स्कुलका इश्वर कुमार भण्डारी, एसओएसकी शिक्षा पौडेल र न्यू भिजन स्कुलका दिनानाथ उपाध्याय रहेका छन् ।

२०५३ सालमा स्थापित वाल्मीकि शिक्षा सदनले जिल्लामा उत्कृष्ट नतिजा दिँदै आइरहेको छ । दुई दशकको अवधिमा चितवनमा मात्र नभई राष्ट्रिय रुपमै वाल्मीकि उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको छ । हालसालै प्रकाशित २०७५ सालको एसईई परीक्षाको नतिजामा वाल्मीकिबाट ३ जना ४ जीपीएसहित १५९ जनाले उत्कृष्ट नतिजा ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>