क्रिकेट

विश्वकप क्रिकेटः अफगानिस्तानलाई पाकिस्तानले हरायो

Banner

काठमाडौं, असार १५–

इङल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले सेमिफाइनलको संभावना जिवितै राखेको छ ।

शनिबार भएको खेलमा कमजोर प्रतिद्धन्द्धी अफगानिस्तानसंग संघर्षपूर्ण तीन विकेटको जित निकाल्दै पाकिस्तानले सेमिफाइनलको संभावना कायमै राखेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो । अफगानिस्तानका लागि असगर अफगान र नजिबुल्लाह जदनले समान ४२/४२ रन बनाएका थिए ।

पाकिस्तानका लागि शाहीन अफ्रिदीले सर्वाधिक ४ विकेट लिँदा इमाद वसिम र वहाब रियाजले समान दुई–दुई विकेट हात पारे ।

२२८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९.४ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पाकिस्तानको जितमा इमाद वासिम र शदाब खानले ५० रनको साझेदारी गरे इमादले अविजित ४९ र शदाब खानले ११ रन बनाए । अफगानिस्तानका लागि मुजीब उर रहमान र मोहम्मद नाबीले दुई–दुई विकेट लिँदा राशिद खानले एक विकेट लिए । पाकिस्तानले ८ खेलबाट ९ अंक बनाउँदै शीर्ष चारमा पुगेको छ । पाकिस्तानले अब बंगलादेशसँग खेल्न बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>