अन्तर्राष्ट्रिय
अफगानिस्तानमा सरकार पक्षीय २४ लडाकू मारिए
०

चितवन, असार १४-
सरकार विरोधी तालिबान लडाकूहरुको आक्रमणमा परी अफ्गानिस्तानमा सरकार पक्षीय २४ लडाकू मारिएका छन् ।
देशको नाहरिन जिल्लामा रहेको प्रहरी चौकीमा शनिबार भएको आक्रमणमा परी उनीहरु मारिएका जिल्ला गभर्नर फाज्लुदिन मुरादीले जानकारी दिए । उनका अनुसार आक्रमणमा परी अरु नौ जना घाइते पनि भएका छन् । सरकारी अधिकारीहरुले घटनाका बारेमा पूर्ण विवरण आउन बाँकी भएको र अनुसन्धान भइरहेको जनाएका छन् । तालिबान लडाकूहरुले पछिल्लो दुई महिनामा सुरक्षा चौकीहरुमाथी आक्रमण गर्ने क्रमलाई तिव्रता दिएका छन् । रासस/सिन्ह्वा