मकवानपुर

मकवानपुर बर्डफ्लुमुक्त, मासु र अण्डा ढुक्कसंग खान आग्रह

Banner

चितवन,असार १३-

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मकवानपुर बर्डफ्लुमुक्त जिल्ला भएको बताउनुभएको छ । आज पत्रकारलाई बर्डफ्लुको विषयमा प्रतिक्रिया दिने क्रममा कुराकानी गर्दै जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिका संयोजकसमेत रहनुभएको प्रजिअ तामाङले अब मकवानपुरमा बर्डफ्लु नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “बर्डफ्लुको खतरा अव केही छैन, कुखुराको मासु र अण्डा ढुक्क भएर खाँदा हुन्छ ।” त्यसैगरी पशु चिकित्सक डा ध्रुव डिसीले पनि कुखुराको मासु र अण्डा ढुक्क भएर खान सकिने अवस्था रहेको बताउनुभयो । यसअघि मकवानपुरका किसानका खोरका कुखुरामा बर्डफ्लु देखिएपछि आम उपभोक्तालाई कुखुराको मासु खान हुने वा नहुने भन्ने अन्योलता रहेको थियो ।

बर्डफ्लुमुक्त भएकाले जिल्लाका किसानलाई खोर सफा गरी नयाँ कुखुरा हाल्नसमेत अनुमति दिइएको छ । त्यसैगरी कुखुरा व्यवसायीलाई रु चार करोड ४२ लाख क्षतिपूर्ति पाएका छन् । बर्डफ्लुका कारण कुखुरा नष्ट गरिएका मकवानपुरका ५४ जना किसानले आज क्षतिपूर्तिबापतको रकम पाएका छन् । हेटौडा उपमहानगरपालिका- ७, ८, १७ र १६ लगायतका ५४ जना किसानले जम्मा रु चार करोड ४२ लाख प्राप्त गरेका हुन् ।

जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण कार्यालयले आज क्षतिपूर्ति रकम वितरण कार्यक्रमको आयोजना गरी उनीहरुलाई उक्त रकम वितरण गरेको हो । मकवानपुरका प्रजिअ तामाङ, कुखुरा व्यवसायी सङ्घका अध्यक्ष राजु अधिकारी, उपभोक्ता हकहित संरक्षण मञ्चका संयोजक वासु खतिवडा, पशुसेवा कार्यालयका पशु चिकित्सक लगायतको सहभागितामा सो रकम वितरण गरिएको हो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>