कर्णाली

दुई लाख घुससहित सिँचाइका उपसचिव र अधिकृत पक्राउ

Banner

कञ्चनपुर, असार १२-

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर ग्रीष्मा ठगुन्नालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चजनपुर कार्यालयले उनीहरुलाई २ लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
उपभोक्ता समितिको काम सहजीकरण गरिदिने भन्दै दुई लाख रकम घुसवापत लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरुले कार्यालय परिसरभन्दा बाहिरबाट नियन्त्रणमा लिएको हो । अहिले अख्तियारको टोलीले मुचुल्का बनाउने काम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>