प्रवास

माल्टामा एनआरएनको सदस्यता वितरण

Banner

प्रकाश बगाले

माल्टा, असार ९

गैरआवासीय नेपाली संघ (एनआरएन) माल्टाको अगस्ट १२, १३ र १४ तारिखमा हुने अधिवेशनका लागि नेपाल माल्टा कम्युनिटीले माल्टामा एक कार्यक्रम गरी एनआरएनको सदस्यता वितरण गरेको छ ।

यही जुन २३ तारिख अर्थात् आइतबार माल्टाको वाटरफन्ट होटल सिलेमामा भएको कार्यक्रममा विभिन्न सिलसिलामा माल्टामा रहेका नेपालीलाई आईपर्ने समस्या समाधानमा एनआरएनको भूमिका महत्वपूर्ण हुने भन्दै यस कार्यक्रमको आयोजना गरिएको नेपाल माल्टा कम्युनिटीका संस्थापक अध्यक्ष मनिष अर्यालले बताएका छन् । उनले सदस्यता वितरणसँगै नेपालीका हरेक समस्यामा कम्युनिटीले सहयोग गर्न तत्पर रहेको जनाए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका गैरआवासीय नेपाली संघ (एन आरएन) माल्टाका अध्यक्ष तेजबहादुर लिम्बुले यस अधिवेशन सम्पूर्ण नेपालीहरुको सहयोगमा मात्र सफल हुन सक्ने भन्दै सम्पूर्ण माल्टाबासी नेपालीहरुलाई जुन ३० तारिखसम्म सदस्यता लिन आग्रह गरेका छन् । उनले सम्पूर्ण नेपालीहरु मिलेर अघि बढ्न सके माल्टामा रहेका नेपालीहरुको समस्या सहजै समाधान गर्न सकिने समेत प्रष्ट पारेका थिए । कार्यक्रममा १० यूरोमा अनलाइन मार्फत् सदस्यता फारम भरिएको थियो ।

जुन ३० तारिखसम्म सदस्यता लिइसक्नु पर्ने र एनआर एनको सदस्य बन्नको लागि माल्टामा आगमन भएको कम्तिमा पनि १८३ दिन हुनुपर्ने गैरआवासीय नेपाली संघ (एनआरएन) माल्टाले जानकारी दिएको छ । साथै उक्त कार्यक्रममा १५२ जनाले सदस्यता लिएका र यस सदस्यता वितरण कार्यलाई ३० तारिखसम्म विभिन्न ठाउँमा कार्यक्रम गदै सम्पूर्ण नेपालीलाई समेटिने आयोजकको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>