चितवन विशेष
भरतपुर कारागारका कैदीको मृत्यु
०
चितवन,असार ८-
कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर भएका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
काफ्लेका अनुसार थापा विसं २०७४ मा जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका थिए । थापालाई क्यान्सर रोगको सङ्क्रमण देखिएपछि एक महीना अघि चितवन पठाइएको थियो ।
यसैबीच बाघको आक्रमणमा परी घाइते भएका माडी नगरपालिका–६ कल्याणपुरका गङ्गाधर सुवेदीको निधन भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा सुवेदीको शनिबार निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उपचारको क्रममा सुवेदीको टाउकोको शल्यक्रियासमेत गरिएको थियो ।
असार ३ गते दिउँसो माडीको सिमरा गाउँ नजिकै काँसघारीमा गाईवस्तु चराउन गएका ६७ वर्षीय सुवेदीलाई बाघले आक्रमण गरेको थियो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>