गण्डकी
टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु
०

तनहुँ, असार ६–
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–५ छाङमा टिप्परको ठक्करबाट आज पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५९ वर्षीय बलबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
म्याग्देबाट खैरेनीटारतर्फ जाँदै गरेको ग१क ४३२३ नंको टिप्परको ठक्करबाट घाइते विकको उपचारका क्रममा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>