चितवन विशेष

चितवनमा धमाधम पक्राउ पर्दै लागुऔषध कारोबारी

Banner

चितवन, असार ५–

लागुऔषधबाट जिल्लामा शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन चितवन प्रहरीले अभियान शुरु गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता, बेचबिखन गर्ने, चुल्ठे तथा मुन्द्रेलाई पक्राउ गरी उनीहरुको अभिभावकलाई सन्तानले गर्दै आइरहेको क्रियाकलापको बारेमा जानकारी दिई जिम्मा लगाउने काम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बुधबार जिल्लाका विभिन्न ठाउँबाट ४० लागुऔषध कारोबारीलाई पक्राउ गरिएको बताए । प्रहरी उपरीक्षक मल्लले लागुऔषध सेवन गरिरहेको अवस्थामा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । यो अभियानलाई निरन्तरता दिइने उनले बताए ।

पक्राउ परेकाहरुलाई प्रहरीले लागुऔषधको सेवनबाट पर्ने असरका बारेमा प्रशिक्षण दिने गरेको छ । त्यस्तै लागुऔषध कारोबारमा पक्राउ परेकालाई मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाइने चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>