चितवन विशेष

प्रचण्डको गृहजिल्ला चितवनमा सडकका लागि २१ करोड रकमान्तर

Banner

चितवन, असार ३–

आर्थिक वर्षको अन्त्यतिर धेरैजसो रकम रकमान्तर गर्ने प्रचलन नेपालमा धेरै पहिलेदेखि हो । यो कार्य अझै रोकिएको छैन् । आर्थिक वर्ष २०७५÷७६ सकिनै लाग्दा सरकारले पछिल्लो दुई महिनामै २० अर्ब रुपैयाँ रकमान्तर गरेको छ । सबै भन्दा बढी प्रधानमन्त्री केपी ओली र सत्तारुढ दल नेकपाका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको क्षेत्रको सडक निर्माणका लागि रकमान्तर गरिएको छ ।

प्रचण्डको गृहजिल्ला चितवनमा पनि तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रमका ७ सडकका लागि प्रतिसडक ३ करोडका दरले २१ करोड रुपैयाँ रकमान्तर गरिएको छ ।

सरकारले वैशाख र जेठ महिनामा मात्र २० अर्ब ५९ करोड ५३ लाख १३ हजार रकमान्तर गरेको हो। यसमध्ये वैशाखमा सर्वाधिक १६ अर्ब ९४ करोड ९१ लाख २० हजार रुपैयाँ बराबरको रकमान्तर भएको छ भने जेठमा ३ अर्ब ६३ करोड ९८ लाख ४३ हजार रहेको छ।
यस्तै सरकारले प्रधानमन्त्रीको जिल्लाका सडक बनाउन ३१ करोड रकमान्तर गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>