चितवन विशेष
चितवनमा दुई पुरुष मृत फेला
०

चितवन, असार १–
चितवनका छुट्टाछुट्टै स्थानमा आज (आइतबार) दुई पुरुष मृत फेला परेका छन् ।
भरतपुर महानगरपालिका–१५ फुलबारीमा ८० वर्षीय रामप्रसाद तिवारी मृत फेला परेका हुन् । भरतपुर–३ बेलचोक घर भई मागेर हिड्ने तिवारीको अपरान्ह ५ः३५ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
यस्तै आइतबार अपरान्ह कालिका नगरपालिका–८ न्यूरेनीमा अन्दाजी ३०/३२ वर्षीय दुर्गाबहादुर चेपाङ मृत फेला परेका छन् । उनी सडक छेउमा मृत फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । चेपाङको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>