चितवन विशेष

दाजुले चलाएको स्कुटीबाट एक्कासी ओर्लिएर नारायणीमा हाम्फालेकी थिइन कविताले

Banner

चितवन,असार १-

शुक्रवार साँझ दाजुसँगै चढेको स्कुटीबाट ओर्लिनासाथ नारायणघाटको पुलबाट हाम्फालेर नारायणी नदिमा बेपत्ता भएकी२१ वर्षीया कविता सापकोटाले हाम्फाल्नुको कारण रहश्यमय बनेको छ । उनको माइती घर कन्चनपुरको महेन्द्रनगर नगरपालिका– १८ खरकट्टी हो । कविताको विवाह गत फागुन–१७ गते चितवनको राप्ती नगरपालिका–६, वीरेन्द्रनगरका २९ वर्षीय पवन सापकोटासँग भएको थियो ।

उनी पूर्वी नवलपरासीको देवचुली नगरपालिका–३ दलदले भाग्यपुरीस्थित मावली घरबाट चितवनको वीरेन्द्रनगरस्थित आफ्नो घरमा दाजु हरि बसेलसँग स्कुटीमा चढेर जाँदै थिइन् । दाजु बसेलले भने– ‘पुलमा गाडी जाम थिए । एक्कासी ओर्लिएर हाम फालिन् । के कारणले हाम फालिन् भन्ने कुरै बुझ्न सकिएन ।’ दलदलेस्थित मामा रेशम सापकोटाको घरमा आफु त्यसैदिन विहान आएको र साँझपख बहिनीलाई चितवनस्थित घरमा छाड्न हिडेको दाजु बसेलले बताए । ‘गाडी जाम भएको बेला करिब पौने पाँच बजेको समयमा उनी हाम फालेकी हुन्,’ दाजु बसेलले भने, ‘त्यसअघि कुनै निराशाका कुरा पनि गरेकी थिईनन् । अब उतै घर तिरै गएर पढ्ने हो भन्दै थिइन्, अरु केहि कुरा गरेकी थिईनन् ।’

उनले कक्षा १० को पढाई महेन्द्रनगरको सनराईज पब्लिक हाईस्कुलमा सकेर गत बर्षदेखि मावली घर दलदलेमा बस्दै कक्षा ११ को पढ्न सुरु गरि परीक्षा दिएर बसेकी थिइन् । उनका श्रीमान पवन सापकोटाका अनुसार बुधवार उनी दलदलेस्थित मावली घर जान्छु भनेर हिडेकी थिइन् । ‘उनी मामा घर पुगेपछि मैले उसैदिन यताबाट फोन गरेर छोटो कुराकानी भएको थियो’ उनका श्रीमान सापकोटाले भने, ‘त्यसपछि फोनमा कुराकानी भएको थिएन । उनले आफु फेसबुक नचलाउने र श्रीमती कविताको फेसबुक आइडी पनि आफुलाई थाह नभएको बताए ।

कक्षा १२ पढेर विदेश जाने सोचका साथ कुक तालिम गर्दै गरेको बताउने सापकोटा श्रीमतिसँग राम्रो सम्वन्ध रहँदै आएको बताउँछन् । ‘खै मैले त केहि बुझ्नै सकिन उनी के कारणले हाम्फालिन् भन्ने कुरा, मावली घर जाने बेलामा पनि राम्रै बोलचाल गरेर हिडेकी हुन्, उनले थपे, ‘हाम्री आन्टीहरु उनको मावली तिरै भएकोले हेराउँदा उनको र मेरो लगन जु¥यो र मागी विवाह गरेका हौं ।’

उनले श्रीमतीको तस्विर आफुसँग नभएको र उनी फोनमा कम बोल्ने गरेको बताए । सापकोटा परिवार म्याग्दीबाट चितवन बसाईसराई गरेका थिए । ईलाका प्रहरी कार्यालय गौडाकोटका प्रहरी सहायक नायव निरीक्षक (सई) यज्ञ पौड्यालले बेपत्ता कविता सापकोटाको खोजी कार्य भई रहे पनि फेला पार्न नसकिएको बताए ।

विवाहपछि माईती घर महेन्द्रनगर नगएको बताइने कविता विवाहको तीन महिना नबित्दै हाम्फाल्नुको कारण पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>