चितवन विशेष
भरतपुरको कविलासमा विद्यार्थीलाई अभिमुखीकरण

चितवन, जेठ ३०-
भरतपुर महानगरपालिका–२९ को कविलासका दुई विद्यालयमा बालअधिकारसम्बन्धी अभिमुखीकरण गरिएको छ ।
भरतपुर महानगरपालिका सहयोग र प्रेरणा नेपालको आयोजनामा स्थानीय कविलास मावि र भार्लाङ राआविका ७७५ जना विधार्थीलाई बाल अधिकारसम्बन्धी अभिमुखीकरण गरिएको हो । उक्त कार्यक्रममा भरतपुर आँखा अस्पतालको नेतृत्वमा सम्पूर्ण विधार्थीको आँखा परीक्षण समेत गरिएको थियो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीको प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता अयोजक प्रेरणा नेपालका अध्यक्ष हेमा पौडेलले गरेकी थिइन् ।

प्रमुख प्रशिक्षक प्राध्यापक डा. होम बहादुर बस्नेतले शिक्षक र विद्यार्थीलाई सकरात्मक सोचको विषयमा प्रेरणात्मक कक्षा लिएका थिए । बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्कीले विद्यार्थीलाई बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बाल अधिकारका सवालहरूको विषयमा अभिमुखीकरण गरेका थिए । साथै कार्यक्रममा प्रशिक्षक रोशनी श्रेष्ठ, दीक्षा पौडेल, सोनिया बश्याल, अजयकुमार यादव, रोहित गुरूङ र विमोचन अचार्यले विद्यार्थीहरूलाई प्रेरणात्मक कक्षा लिनुको साथै विभिन्न टिम अभ्यास पनि गराएका थिए ।
























